१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोभिडको कारण देखा परेको अर्थतन्त्रको संकुचनलाई पुरानै लयमा फर्काउनु आफ्नो पहिलो प्राथमिकता हुनेछ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग शनिबार सिंहदरबारमा भएको भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए।

उनले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताउंदै कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण भएपनि आफुले अधिकतम प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडी बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।

उनले स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सबैले योगदान गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ०१ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना