६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा



एजेन्सी । बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन ।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन ।

लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ३८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज