४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपालगञ्जमा दाङका एक पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका तुलसीपुर उपमहानगरपालिका-९ का ४८ वर्षीय पुरुषको आइतबार राति सवा ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि ४८ वर्षीय पुरुष कात्तिक १० गते भेरी अस्पतालमा भर्ना भएका थिए । भोलिपल्ट उनमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले रोगको प्रकृति अनुसारको उपचार गरे पनि उनको आइतबार राति मृत्यु भएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ४४ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित