२० आश्विन २०८३, मंगलबार | October 6, 2026

प्रधानमन्त्री केपी ओलीद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति अत्यन्त दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरि सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन । उनको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : १६ बजे

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०