२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेकपा विवाद : मुख्यमन्त्री शंकर पोखरेलले भेटे अध्यक्ष प्रचण्डलाई



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

पार्टीभित्र तिब्र विवाद बढेपछि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोर्चा कसेर बसेका पोखरेलले मंगलबार बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

सचिवालय बैठक बोलाउन ओली तयार नभएपछि कार्यकारी अध्यक्षको हैसियतमा आफै औपचारिक बैठक बोलाउने तयारी गरेपछि पोखरेलले उनलाई भेट गरेका हुन् ।

बैठकका लागि सहमति जनाउन अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले गत शनिबार ओलीलाई भेटेर लिखित पत्र बुझाएका थिए ।

पोखरेलले सबैजनाले भदौ २६ गतेको स्थायी कमिटीको निर्णयलाई पालना गरे समस्या समाधान हुने बताउँदै आएका छन् । तर, ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले सो बैठकको व्याख्या भने आफु अनुकुल गर्दै आएका छन् ।

पार्टीभित्रको विवाद समाधान कार्यदलका सदस्य रहेका मुख्यमन्त्री पोखरेलले यसअघि पनि दुई अध्यक्षबीच विवाद हुँदा मिलाउने प्रयास गर्दै आएका छन् ।

सचिवालय बैठक बोलाउने या नबोलाउने विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच गम्भीर विवाद रहेको छ । सचिवालयमा स्पष्ट अल्पमतमा रहेका ओलीले सो बैठकबाट बहुमतको आडमा आफुमाथि निर्देशन थोपरिन सक्ने कारण बैठक टार्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ३४ बजे

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले