१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन



काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उनले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।

उनले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एशियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बसेका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मन्त्रालय आउन थालेका छन्। छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ११ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न