२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

हेटौंडाको नेवारपानीमा बस र ट्रक ठोक्कियो, एक जनाको मृत्यु



हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्ररबार बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो ।

प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ३४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,