२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अपरान्ह ४ बजे नेकपा सचिवालय बैठक : छलफल विवाद समाधानमा केन्द्रित या आरोप प्रत्यारोपमा ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बस्दैछ ।

सचिवाल बैठक बसाल्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा बैठक अलपत्र परेको थियो ।

पार्टीभित्र देखापरेको गम्भीर विवादबारे छलफल गर्न भन्दै प्रचण्डसहितका पाँच नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले बैठक बस्न आग्रह गरेपनि अध्यक्ष ओली तयार नभएपछि नेताहरु आआफ्ना समुहका बैठकमा सीमित भएका थिए ।

गत शनिबार प्रचण्डसहितका पाँच सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाउँदै बैठकको माग गरेका थिए । ओलीले सो पत्रमा तोक लगाउँदै महासचिव विष्णु पौडेललाई उपयुक्त समयमा बैठक बोलाउन निर्देशन दिएपछि परिस्थिति थप जटिल बनेको थियो ।

पुनः पाँचै जना नेताहरुले यही मंगलबार ओलीलाई २७ गतेका लागि बैठक बोलाउन आग्रह गरेका थिए । त्यसअघि अध्यक्ष प्रचण्डले ओलीसँग बालुवाटारमै पुगेर छलफल गरेका थिए । ओली बैठकका लागि सहमत भएपछि महासचिव विष्णु पौडेलले बिहीबार सबै सचिवालय सदस्यहरुलाई शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने जानकारी गराएका थिए ।

नेकपाको गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय र भावलाई नेताहरुले आफु अनुकुल व्याख्या गर्दा नेकपाभित्र संकट पैदा भएको छ ।

त्यसैमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको मध्यरातमा भेट र पमन्त्रिपरिषद् विस्तारपछि आगोमा घ्यु थपेजस्तै विवाद बढेको छ ।

विवाद बढ्दै जाँदा यसपटक पनि दुवै समुहले एक अर्को नेतालाई हटाउन हस्ताक्षर संकलनसम्मको अभियान संचालन गरेका छन् ।

आज बस्ने सचिवालय बैठकमा यी सबै विवादका विषयमा गम्भीर छलफल होला या एक अर्कालाई आरोप प्रत्यारोपमै बैठक सकिएला भन्ने चासोको विषय बनेको छ । लामो विवाद र आरोप प्रत्यारोपपछि सुरु हुन लागेको बैठकमा नेताहरुको प्रस्तुती कस्तो रहन्छ भन्ने कुरा उत्सुकताको विषय बनेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : ०२ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ