५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुपन्देहीमा बरामद भएका १० बोरा बढी पटाका प्रहरीबाट नष्ट



बुटवल । तिहारलाई लक्षित गर्दै रुपन्देहीका बिभिन्न नाकाबाट नेपाल भित्राउने क्रममा प्रहरीले बरामद गरेको पटाका आज नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको १० बोरा भन्दा बढी पटाकाहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी चाडपर्व लक्षित टोलिले रुपन्देहीको बेलहिया,बेथरी, लुम्बिनी र बुटवल क्षेत्रबाट बरामद गरेको पटाका जिल्ला प्रहरी कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरिएको थियो । ती क्षेत्रहरुमा पछिल्लो १ सातामा प्रहरी टोलिले चेकजाँच गर्नेक्रममा १० बोरा भन्दा बढी पटाका बरामद गरेको थियो । प्रहरीले बरामद गरेको पटाकामा सामान्य झिरझिरे देखि मानविय क्षेति पु¥याउन सक्ने खालका लसुन बम सम्मका पटाका रहेका थिए ।

नेपालमा पटाका बनाउन, ओसारपसार गर्न र बेचबिखन गर्न प्रतिबन्ध लगाइृएको भएपनि तिहारको समयमा ठूलो परिमाणमा पटाका भित्रिने गरेको छ ।

बरामद भएको पटाका पानी हाली जमिन मुनी गाडी नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं