१५ माघ २०८२, बिहिबार | January 29, 2026

केकी र रमेश अभिनित ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिन्छ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन ।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

गीतकार पौडेल लामो समय देखि हलेशी ट्रेड लिङ्क बिर्तामोड मार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ३८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला