२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँकेमा उपचाररत कञ्चनपुरका ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । जिल्ला बाहिरबाट उपचारका क्रममा बाँके ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बलौरी नगरपालिका १ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)बाँकेले जनाएको छ ।

डीसीसीएमसीका अनुसार गत कार्तिक २३ गते स्वास्थ्यमा समस्या भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोरोनाको लक्षणसँग मिल्दो चिन्ह देखिएपछि २५ गते स्वाव संकलन गरिएको थियो । २६ गते उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका क्रममा अक्सिजन, ट्रनोस्टेट, मेडाजोलम सहित सघन उपचारकक्षमा उपचार गदाएगर्दै आज बिहान ८ः३० बजे उनको मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ०६ बजे

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा