८ कार्तिक २०८३, आइतबार | October 25, 2026

नाजिर हुसेनको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । न्युयोर्कमा सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन ।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन । रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन ।

भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो ।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन । भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५७ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा