१६ बैशाख २०८१, आइतबार | April 28, 2024

५८ बोतल तेजाबसहित व्यापारी पक्राउ



जनकपुर । जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ ।

शनिबार श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा तेजाबका बिक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनाका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहले बताइन् । चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उनको विवाह भएको थियो ।

विवाह भएको केही समयपश्चात् नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताइन् । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन् । रासस

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : २६ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश