१५ बैशाख २०८१, शनिबार | April 28, 2024

पार्टी विभाजनको गद्दारी नगर्न शिर्ष नेतृत्वलाई भीम रावलको सुझाव, योगेश भट्टराई भन्छन् –सर्वाधिक कठिन समय



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शिर्ष नेतृत्वको विवाद चरमोत्कर्षमा पुगेको बेला पार्टी स्थायी कमिटी सदस्यद्वय भीम रावल र योगेश भट्टराईले अप्रिय अवस्थाको संकेत गरेका छन् ।

आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । यद्यपी, सोही बैठकको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि आकस्मिक बाहेकको अवस्थामा मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । पार्टी बैठक छल्नैका लागि ओलीले प्रयास जारी राखेका छन् । अर्को पक्ष प्रचण्ड–नेपाल पक्षले भने आजै बैठक बस्नुपर्ने र सबै विवाद र प्रस्तावहरु बैठकमा छलफल गर्नुपर्ने अडान कायमै राखेका छन् ।

पार्टीभित्र देखिएको तिब्र ध्रुवीकरणले अप्रिय अवस्थाको संकेतभन्दै नेताद्वय रावल र भट्टराईले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् ।

नेता भिम रावलले ट्वीटरमा लेखेका छन्, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’

रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न नेताहरुलाई सुझाव समेत दिएका छन् ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्वीटरमै ‘सर्वाधिक कठिन समय’ लेखेर पार्टीभित्रको गम्भीर संकटको संकेत गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ११ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म