१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रचण्ड प्रस्तावको काउन्टरमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, स्थायी कमिटी बैठक १८ गते



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको छ । बैठक बस्छ या बस्दैन भन्ने अन्यौलका बीच दिउँसो १ बजे निर्धारित समय र स्थानमा सुरु भएको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको हो ।

डेढघण्टासम्म चलेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराएका छन् । गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई काउन्टर गर्ने गरी ओलीले नयाँ प्रस्ताव ल्याउने भएका हुन् । प्रचण्डको प्रस्तावप्रति ओलीले तिब्र विरोध जनाएका छन् ।

अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रस्ताव पेशगरेपछि दुवै अध्यक्षका अलगअलग प्रस्ताव, दुई अध्यक्षबीच भएका पत्राचार र र गत स्थायी कमिटी बैठकपछिको अन्तरपार्टी निर्देशिकामा समेत छलफल हुनेभएको छ ।

१३ गते ओलीले प्रस्ताव ल्याएसँगै सबै प्रस्ताव र पत्रहरुमाथि स्थायी कमिटीमा समेत छलफल हुने भएको छ त्यसका लागि आगामी मंसिर १८ गते स्थायी कमिटी बैठकको मिति तय गरिएको छ ।

अध्यक्ष ओलीको प्रस्तावलाई समेत ध्यानमा राखेर बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा महासचिव विष्णु पौडेलले सचिवालयबाट सबै जनाले सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको सचिवालयको अहिलेको टीमबाट पार्टी अगाडि बढ्ने सम्भावना नरहेको दाबी गर्दै महासचिव पौडेलले ९ जना सदस्यले नै राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका छन् ।

मंसिर १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई २५ गते सारिएको छ । यसअघि गत कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको थियो । कोरोना भाइरसको संक्रमण देखाउँदै केन्द्रीय कमिटी बैठक स्थगित हुँदै आएको थियो ।

 

 

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ३ : २७ बजे

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार