७ पुस २०८२, सोमबार | December 22, 2025

२४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि, ३५३८ जना संक्रमणमुक्त



काठमाडौं । मंगलबार कोरोना भाइरसका १४ सय ४२ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको नयाँ तथ्यांक अनुसार मंगबार ६ हजार ७३१ पीसीआर परीक्षण गर्दा १४ सय ४२ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

मंगलबार संक्रमित हुनेको तुलनामा निको हुनेको संख्या धेरै रहेको छ । ३ हजार ५३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ सय ५९ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : ३३ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका