३१ भदौ २०८३, बुधबार | September 16, 2026

पोखराका विभिन्न अस्पतालमा दुई महिलासहित तीन जना कोरोना संक्रमितको मृत्यु



पोखरा । पोखरामा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका कास्कीका दुई जना र लमजुङका एक जना व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरापालिका वडा नं. १७ की ७५ वर्षीया वृद्धाको बिहीबार बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । गत कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएकी ती वृद्धा निमोनिया, मधुमेह र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित भएको प्रवक्ता शर्माले जनाएका छन् ।

यसैगरी फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको हो । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टी भएकी ती महिलालाई पनि श्वासप्रश्वास, निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगको समस्या रहेको शर्माले उल्लेख गरेका छन् ।

यस्तै, लमजुङको बेशिसहर नगरपालिका वडा नं. ५ का ७१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित ती वृद्ध पुरुषलाई गत २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता शर्माले जनाएका छन् ।

प्रवक्ता शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६६४ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  २ : १७ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै