७ चैत्र २०८२, शनिबार | March 21, 2026

दुई स्वास्थ्यकर्मी सिमकोट विमानस्थलबाट प्रहरी नियन्त्रणमा



सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ ।

दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पिसीआर परीक्षणबिनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन् । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ५० बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका