१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

छाउगोठ भत्किए, कुरीति कायमै



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् ।

आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा बस्दा आगलागीमा परेर मर्ने, बलात्कृत हुने, सर्पले डस्ने र जङ्गली जनावरको भय हुन्छ ।

पहाडी क्षेत्रका दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा अझै छाउपडी गोठ छन् भने पहाडबाट बसाइँ सराइ गरेर तराईका कैलाली र कञ्चनपुर आउनेले पनि गोठ बनाएको पाइएको छ । दार्चुला र बैतडीमा गोठ नभए पनि महिनावारी हुनेले कसैलाई नछोर्ई अलग्गै बस्ने, सुत्ने र गाई, भैँसीको दूध, दही, मही खान नपाउने अवस्था कायमै छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार पहाडी जिल्लामा धेरै छाउगोठ प्रहरी र स्थानीयवासीको सक्रियतामा भत्काइएका छन् तर केही ठाउँमा अझै देउता रिसाउँछन् भन्ने मान्यतामा छाउगोठमा बस्ने प्रचलन अन्त्य भएको छैन ।

यद्यपि विगतको तुलनामा छाउपडी प्रथा नमान्नेको सङ्ख्या बढ्दै गएको छ । शिक्षा र सचेतना बढ्नुका साथै सङ्घीय तथा स्थानीय सरकारको पहलमा गोठ भत्काइनु, अछाममा छाउगोठ बस्न बाध्य पार्नेलाई मुद्दा चल्नु र बाजुरामा गोठमै निस्सासिएर तीन जनाको मृत्यु भएपछि डर उत्पन्न भएर छाउपडी गोठमा बस्नेको सङ्ख्यामा भने ठूलो कमी आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडी प्रथा मान्ने जनप्रतिनिधि र सरकारी कर्मचारीको सुविधा कटौती गर्ने नीति ल्याएको छ ।

महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछामको साँफेबगर नगरपालिका-३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको अघिल्लो वर्षको मङ्सिर तेस्रो साता मृत्यु भयो । पार्वतीको मृत्यु भएपछि महिला मृत्युको कारक छाउगोठ भएको भन्दै स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको सक्रियतामा छाउगोठ भत्काउने अभियान थालनी भयो ।

गत पुस ९ गतेदेखि चैत ३ गतेसम्म अछाममा पाँच हजार पाँच छाउगोठ भत्काइएको तथ्याङ्क छ । गएको वर्षमै यस जिल्लाका १० वटै स्थानीय तहलाई छाउगोठ मुक्त घोषणा गरिसकिएको छ । बाजुरा जिल्लामा विगत दुई वर्षमा ५११ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार गतवर्ष २३ वटा छाउगोठ पूर्ण रूपमा भत्काइएको छ । छाउगोठ भत्काउन घरमा बस्ने स्वयं महिला तयार हुनुपर्ने डडेल्धुराको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहोराले बताइन् ।

बझाङ जिल्लामा छाउगोठ बसेका महिलालाई सर्पले टोकेका घटना धेरै छन् । बझाङमा तीन सयसम्म छाउपडी गोठ भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । उनले गतवर्ष मात्र १४१ वटा छाउगोठ भत्काएका थियौंँ भने ।

गोठ भत्किए पनि यो कुरीति भने अझै कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गतवर्ष महिला अधिकार मञ्च डोटीले गरेको सर्वेक्षणका क्रममा २२० वटा छाउगोठ भेटिएका थिए ।

सर्वेक्षणका क्रममा नगरपालिका क्षेत्रमा महिनावारी हुँदा पाँच दिन कष्टपूर्ण तरिकाले बिताउनुपर्ने कुरासमेत बताए । सर्वेक्षण तथा अनुगमन कार्यमा संलग्न महिला अधिकार मञ्च डोटीकी अध्यक्ष सीता विकले हामीले अनुगमन गर्दा महिनावारी भएको बेला गोठमा नै बस्ने गरेको पायौं ।

प्रतिवेदन बुझाएपछि प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायतले फेरि अनुगमन गरेर कार्ययोजना बनाउने भन्ने थियो कोरोना भाइरसको सङ्क्रमणका कारण अगाडि बढ्न सकेन भनिन् । उक्त समाचार आजको गोखरापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : २७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै