७ भदौ २०८३, आइतबार | August 23, 2026

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु



कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी एक महिलाको सर्पदंशका कारण ज्यान गएको छ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी कमलालाई सुतिरहेकै अवस्थामा बाँया गालामा सर्पले टोकेको थियो। अवस्था गम्भीर भएपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारकै क्रममा शनिबार साँझ करिब ८ बजे उनको मृत्यु भएको हो।

सर्पदंशको घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरेको जनाएको छ ।

कृष्णपुर नगर प्रमुख हेमराज ओझाले कमला आउजीलाई महिनावारीका कारण छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेको पुष्टि गरेका छन्।

छाउपडी प्रथा अन्तर्गत महिलाहरू महिनावारीका बेला घरबाट अलग राखिन्छन्, जुन अवस्था उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिमपूर्ण बन्ने गरेको छ। एकातिर सर्पजस्ता विषालु जनावरको खतरा हुन्छ भने अर्कातिर यस्ता स्थानहरूमा यौन दुर्व्यवहारका घटना समेत हुनेगरेका छन् ।

सर्पदंशबाट भएको यस दुःखद घटनाले पुनः एकपटक छाउपडी प्रथाविरुद्ध दृढ र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ४१ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र