५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको कारोबार



काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ ।

बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदविक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ । दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ ।

सेन्सेटीभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ । कारोबारमा आएका समूह मध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरु घटेका छन् । यसअघिका दिनहरुमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको शेयर विक्री गरी बैंक तर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दवाव भइरहदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ ।

विकास बैंक शुन्य दशमलव ६४ प्रतिशत र अन्य समूह शुन्य दशमलव १ प्रतिशत बढेको छ । लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ । घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।

आइतबार सबै भन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएकोछ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबाहेक २० कारेड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम सिमेन्ट रहेका छन् ।

सिटिजन्स म्युचुअल फण्ड दोस्रोका इकाईधनीहरुले १० प्रतिशतले कमाएका छन् । यस्तै जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिएपनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ४ : ५४ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको