२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा



ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन् ।

पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा पुगेका हुन् ।

ओलीले घुन्सा फाउन्डेसनले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले स्थानीयलाई सम्बोधन समेत गर्नेछन् । घुन्सामा ओलीको भ्रमण भएपछि नेकपाका जिल्लास्तरीय नेता कार्यकर्ता एवं प्रदेश सांसदहरु र स्थानीय बासिन्दासमेत घुन्सा पुगेका छन् ।

ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

घुन्सापछि प्रधानमन्त्री ओली नेपाल–चीन सीमा क्षेत्र ओलाङचुङगोला र इलामको जौवारी जाने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ५२ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले