२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ



दाङ । आफ्नै हजुर आमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–१ चिसापानीका ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवन घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाईसमेत घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए ।

उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : १३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको