२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ



विराटनगर । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दाबी गरेका छन् ।

विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने बताए ।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने दाबी गरे ।

जनताले दिएको मतका आधारमा पूरा पाँच वर्षे सरकार चलाएर इतिहास रच्ने अभियानमा नेकपाकै नेता कार्यकर्ताले विथोल्ने काम गर्लान भन्ने आफूहरुलाई नलागेको पनि उनले विश्वास व्यक्त गरे ।

उनले नेपाल कम्यूनिष्ट पार्टी नेकपा ठूलो पार्टी भएकाले पार्टी भित्र केहि असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको जनाए ।

नेकपा पार्टी एउटा ठूलो घर जस्तो हो उनले भने, ‘ठूलो घरको ठूलै चाला हुन्छ । ठूलठूलो समुद्रमा आँधी आउँछ , छाल आउँछ यसलाई के के न भएको नठान्नु होला । पानी अलिकति चलेकै हो समुद्र केही समयपछि शान्त हुन्छ ।’

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ०७ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि