१३ श्रावण २०८३, बुधबार | July 30, 2026

आजको मौसम : केही क्षेत्रमा सामान्यदेखि आंशिक बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातसंगै बर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशका साथै बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि देखिएको छ । त्यसैगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

आज राती प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली हुनेछ ।

त्यस्तै देशका अन्य भू-भागको मौसममा आंशिक वदली हुनेछ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी देशका पहाडी भु-भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ५८ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ