२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आजको मौसम : केही क्षेत्रमा सामान्यदेखि आंशिक बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातसंगै बर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशका साथै बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि देखिएको छ । त्यसैगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

आज राती प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली हुनेछ ।

त्यस्तै देशका अन्य भू-भागको मौसममा आंशिक वदली हुनेछ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी देशका पहाडी भु-भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ५८ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव