६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई छैन : महासचिव पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको चेतावनी दिएका छन् ।

महासचिव पौडेलले यतिबेला पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै एकअर्का नेतालाई खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न छुट नभएको बताएका हुन् ।

बुटवल उपमहानगरका लागि पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै पौडेलले जनताले स्थिरता चाहेको बेला गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ता जनक भएको बताए । उनले नेकपामा बिग्रह भए नेकपा नरहने र त्यसले सिंगो मुलुकलाई नै हानी पुग्ने जिकिर गरे ।

पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने बताउँदै उनले सरकार ढल्ने आशंका नगर्न सबैलाई आग्रह गरे ।

अर्थमन्त्रीसमेत रहेका पौडेलले तिनाउले राज्यसँग केही चिज माग्दा फुटकरमा होइन थोकमा माग्न आग्रह गरे । बुटवमा खानेपानीको संकट भएको जनाउँदै पौडेलले पहिला कमजोरी भएपनि अब विगतको कमजोरीबाट शिक्षा लिएर कामलाई अघि बढाइने प्रतिवद्धता जनाए ।

पौडेलले बुटवलको खानेपानीसँग तिनाउको विकास साट्ने विषय नभएको जिकिर गर्दै तिनाउलाई आफ्नै ढंगले विकास गर्ने वाचा गरे । उनले खानेपानी आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता पनि जनाए ।

अर्थमन्त्री पौडेलले सुरुङमार्गको पूर्वाधारका लागि सबै काम पुरा भएको जनाउँदै अब टेण्डरप्रक्रियामा जान लागेको जनाए । उनले सुरुङमार्ग निर्माण र सडकको स्तरोन्नती गरी बुटवल–तानसेनलाई आधा घण्टाको दूरीमा खुम्चाउने दाबी समेत गरे ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  २ : ११ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक