७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता सम्पन्न



काठमाडौं । लामो समयदेखि हुननसकेको नेपाल भारत परराष्ट्रसचिव स्तरीय वार्ता सम्पन्न भएको छ ।

काठमाडौंको होटल याक एण्ड यतिमा भएको वार्ताले दुई मुलुकबीच कुटनीतिक संवादको बाटो समेत खुला गरेको छ । वार्ताको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेलले र भारतको तर्फबाट विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए ।

वार्ताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छैन । तर भारतले भने दुईपक्षीय वार्ता निकै उपलब्धीमुलक भएको जनाएको छ । भारतीय राजदूतावासले चलाउने ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ मा वार्तामा द्धीपक्षीय सहयोगको समीक्षा गरिएको जनाइएको छ । वार्तामा आपसी हितका मुद्दाहरुमा छलफल गरेको पनि जनाएको छ ।

आजै बिहान मात्रै काठमाडौं ओर्लिएका श्रृंगला दुईपक्षीय वार्ता सकिएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न सिंहदरबार पुगेका छन् । त्यसपपछि उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : ४८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल