१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

टेलिकमले ‘एफटीटीएच’मार्फत टेलिभिजन सेवा उपलब्ध गराउँदै, ‘राउटर यूपीएस’ वा ‘एडेप्टर’ प्रयोग गर्न सुझाव



काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवामार्फत टेलिभिजन सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको जनाउँदै एफटीटीएच सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने अपेक्षा गरेको छ ।

एफटीटीएच सेवालाई विद्युत आपूर्ति अवरुद्धको अवस्थामा पनि निरन्तरता दिन सानो खालको राउटर यूपीएस वा एडेप्टर प्रयोग गर्न पनि सुझाव दिएको छ । टेलिकमको विज्ञप्तिमा भनिएको छ, ‘राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् ।’ एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।

कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार खरिद गरी प्रयोग गर्न उपयुक्त हुने टेलिकमले सुझाव दिएको छ ।

टेलिकमले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ । यसका लागि ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ ।

उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने विश्वास टेलिकमले गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : १५ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,