५ श्रावण २०८३, मंगलबार | July 21, 2026

टेलिकमले ‘एफटीटीएच’मार्फत टेलिभिजन सेवा उपलब्ध गराउँदै, ‘राउटर यूपीएस’ वा ‘एडेप्टर’ प्रयोग गर्न सुझाव



काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवामार्फत टेलिभिजन सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको जनाउँदै एफटीटीएच सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने अपेक्षा गरेको छ ।

एफटीटीएच सेवालाई विद्युत आपूर्ति अवरुद्धको अवस्थामा पनि निरन्तरता दिन सानो खालको राउटर यूपीएस वा एडेप्टर प्रयोग गर्न पनि सुझाव दिएको छ । टेलिकमको विज्ञप्तिमा भनिएको छ, ‘राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् ।’ एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।

कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार खरिद गरी प्रयोग गर्न उपयुक्त हुने टेलिकमले सुझाव दिएको छ ।

टेलिकमले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ । यसका लागि ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ ।

उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने विश्वास टेलिकमले गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं