४ पुस २०८२, शुक्रबार | December 19, 2025

भरतपुर अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनका भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार बिहान ५:१५ बजे भरतपुर महानगरपालिका वडा नं. १७ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेका उनको यही मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो ।

४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालमा सूचना अधिकार लिलाधर पौडेलले बताएका छन् ।

यसैगरी, भरतपुर अस्पतालमै उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं. १० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएकी ती महिलाको आज शुक्रबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनलाई गत मंसिर ८ गते नै कोरोना पुष्टि भएको थियो ।

अस्पतालमा भर्ना भएलगत्तै उनलाई पनि आईसीयूमा नै राखेर उपचार सुरु गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको