६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

नेकपा सचिवालय बैठक जारी, ओलीले ‘प्रचण्ड प्रस्ताव’ विरुद्ध ‘काउन्टर प्रस्ताव’ पेश गर्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरुभएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावको काउन्टर गर्दै तयार पारेको प्रस्ताव ओलीले पेश गरेका हुन् ।

विभाजनको संघारमा पुगको नेकपाको अबको बाटो समेत ओलीको प्रस्तावपछि क्लियर हुने देखिन्छ ।

नेकपाभित्र दुवै अध्यक्षका प्रस्तावलाई अघि बढाएर १८ गतेको स्थायी कमिटी र २५ गतेको केन्द्रीय कमिटीमा पुर्याउँदै बहुमत अल्पमतबाट छिनोफानो गरिन्छ या सहमतिका लागि दुवै प्रस्तावबाट नयाँ बाटोको खोजी गरिन्छ भन्ने संकेत आजको सचिवालय बैठकबाट तय हुने देखिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : १८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस