९ पुस २०८२, बुधबार | December 24, 2025

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा म-यो



चितवन । चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो ।

सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए । चुरेमा हिँड्दै गर्दा गैँडा खोलामा खसेको अनुमान गरिएको छ ।

सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : २८ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण