३० असार २०८३, मंगलबार | July 15, 2026

पार्टीभित्रको विवाद विधिसम्मत समाधान गर्छौं : कृषिमन्त्री भुषाल



चितवन । नेकपा स्थायी कमिटी सदस्य एवं कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीभित्रको समस्याको विधिसम्मत रुपमा समाधान खोजिने बताएका छन् ।

चितवनमा शनिबार संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भुषालले दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी लागि परेको बताए ।

भुषालले भने, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । मन्त्री भुषालले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।”

त्यसक्रममा कृषिमन्त्री भुषालले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताए । उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।”

कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै मन्त्री भुषलले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : ४८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित