१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

युनेस्कोको सहकार्यमा बाँकेका विपन्न परिवारका लागि ९० थान खानेपानीको धारा



नेपालगन्ज । खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारले हेण्डपम्प प्राप्त गरेका छन् । बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ती परिवारका लागि ९० वटा खानेपानी धारा जडान गरिदिएको छ ।

बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । उनीहरुको समस्यालाई ध्यानमा राखेर कतार च्यारेटी नेपालको अनुदानमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

उनले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा सहयोगमा धाराहरु जडान गरिएको बताए ।

नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगञ्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैन्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।

जिल्लाको नरैनापुर र नेपालगन्जमा जडान गरिएका हैन्डपम्पबाट धारा जडान गरिएका वरिपरिका घरपरिवारपनि लाभान्वित हुने कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो ।
कतार च्यारेटी नेपालका प्रोग्राम म्यानेजर ईर्शाद शेषले ती ९० वटा धाराबाट ९० परिवारका पाँचसय बढीले प्रत्यक्ष रुपमा खानेपानीको उपभोग गर्न पाउने बताए ।

९० वटा धारा जडानका लागि ३३ लाख ६५ हजार ५५० रुपियाँ खर्च गरिएको क्लबले जनाएको छ । विगत केही समयदेखि बाँके जिल्लामा कतार च्यारेटी नेपालले क्लब मार्फत विपन्नहरुको आर्थिक अवस्थामा सुधारका लागि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : १४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू