२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टी एकता विरोधी गुटगत मानसिकता : शंकर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।

पार्टीको सचिवालय बैठक बस्नु केही घण्टा अघि नेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता’ भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले पार्टीमा उत्पन्न समस्या समाधानका लागि भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा फर्किनुपर्ने बताउँदै आएका छन् । उनले सचिवालयमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रस्ताव र अर्का अध्यक्ष ओलीको काउन्टर प्रस्ताव दुवै फिर्ता भै सहमतिको नयाँ प्रस्ताव आउनुपर्ने बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : १२ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता