७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाएपछि नेकपा सचिवालय बैठक बालुवाटारमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी ओलीले सुरक्षाको कारण देखाएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सुरु भएको हो।

उता सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयबाट प्रधानमन्त्री निवास सारिएकोमा कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलको बैठक आफ्नै पार्टी कार्यालयमा बस्दा कस्तो सुरक्षा अवस्था आएको हो भन्ने प्रश्न उब्जिएको उनीहरुले बताएका छन् ।

आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको अर्का अध्यक्ष प्रचण्ड विरुद्धको काउन्टर प्रस्तावमाथि सचिवालयका पाँच सदस्यहरुले जवाफ दिने बताइएको छ ।

बैठकमा ओली पक्षले भने प्रचण्डले आत्मालोचना गर्दै आफ्नो पूर्वप्रस्तावलाई फिर्ता लिनुपर्ने माग गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ०० बजे

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६