१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपाली बडीबिल्डिङ खेलाडी रोजिन वज्राचार्यको बिदाइ



काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ ।

नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।
रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नेपाली टोलीका सदस्य रोजिनलाई सफलताको शुभकामना दिँदै खेलकुदको विकास र विस्तारका साथै खेलाडीको हौसलाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय एरिनामा सहभागी हुन लागेका रोजिनलगायत नेपाली टोलीलाई सफलताको शुभकामना दिए । उनले खेलाडीको मनोबल बढाउन क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले रोजिनलाई क्लबका तर्फबाट ट्रयाक सुट पनि प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा नेपालका रोजिनसहित धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्ने छन् । रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन् । उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए । यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए । यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए । नेपाली टोली बुधबार नै बेंग्लोर प्रस्थान गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको