२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

शान्ति समाज रुपन्देहीद्वारा आश्रममा सेतो छडी तथा खाद्यान्न सहयोग



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा बुटवल १५ मा रहेको आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ ।

बिहिबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका ब्याक्तिहरुलाइ माया,सम्मान र अवसरको खाँचो रहेको भन्दै आश्रम ब्यबस्थापनबाट नेपालका ३ वटै सरकार पन्छिएको आरोप लगाए ।

उनले आश्रमहरुलाइ ब्यबस्थित बनाउने राज्यको दायित्व भएको भन्दै सरकार उदासिन भएको बताए । सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवा नै प्रमुख धर्म भएको बताए ।

कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै दैनिक उपभोग्य सामाग्री दाल, तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले बताए ।

२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृश्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गरे ।

कार्यक्रमको संचालन मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सहसचिब कपिल ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ४४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात