२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

शान्ति समाज रुपन्देहीद्वारा आश्रममा सेतो छडी तथा खाद्यान्न सहयोग



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा बुटवल १५ मा रहेको आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ ।

बिहिबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका ब्याक्तिहरुलाइ माया,सम्मान र अवसरको खाँचो रहेको भन्दै आश्रम ब्यबस्थापनबाट नेपालका ३ वटै सरकार पन्छिएको आरोप लगाए ।

उनले आश्रमहरुलाइ ब्यबस्थित बनाउने राज्यको दायित्व भएको भन्दै सरकार उदासिन भएको बताए । सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवा नै प्रमुख धर्म भएको बताए ।

कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै दैनिक उपभोग्य सामाग्री दाल, तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले बताए ।

२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृश्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गरे ।

कार्यक्रमको संचालन मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सहसचिब कपिल ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ४४ बजे

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक