२० भदौ २०८३, शनिबार | September 5, 2026

बलिउडका चर्चित अभिनेता रजनीकान्त राजनीतिमा प्रवेश गर्दै, दलको घोषणा आउँदो महीना



काठमाडौं । बलिउडका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन । नयाँ वर्षमा राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ छ ।

ट्वीट मार्फत उनले यसबारे जानकारी दिएका हुन । तमिल भाषामा गरिएको ट्वीटमा उनले केही ह्याशट्याग पनि प्रयोग गरेका छन । जसमा ‘अहिले नभए कहिल्यै हुँदैन’, ‘हामी बदलिन्छौं, सबै बदल्छौं’ लेखिएको छ ।

राजनीतिक दल खोल्ने घोषणा अघि रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मंदरम’ का जिल्ला सचिवहरुसँग ३० नोभेम्बरमा विचार-विमर्श गरेका थिए । उक्त बैठकपछि उनले चाँडै आफ्नो दल गठनबारे घोषणा गर्ने बताएका थिए ।  उनको यो निर्णयको प्रशंसकहरुले स्वागत गरेका छन ।

रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए । समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो । तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका