१५ बैशाख २०८१, शनिबार | April 27, 2024

२४ वर्षपछि बलिउड मुभिमा देखिदैँ दक्षिण भारतका सुपरस्टार रजनीकान्त



मुम्बइ । सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ । दक्षिण भारतदेखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन ।

साउथ मुभि बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब रजनीकान्तले आफ्नो २४ वर्षको निर्वासन अन्त्य गर्ने निर्णय गरेका छन् । उनी फेरि बलिउड फिल्ममा कमब्याक गर्न तयार देखिएका छन ।

रजनीकान्तले चर्चित बलिउड निर्माता-निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्,  ‘महान रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’

सलमान खानको फिल्म किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । पछिल्लो पटक उनले वरुण धवनको फिल्म ‘बावल’ निर्माण गरेका थिए ।

रजनीकान्तको कुरा गर्दा बलिउडमा उनको अन्तिम फिल्म ‘बुलन्दी’ थियो । यो फिल्म सन् २००० मा सिनेमाघरमा रिलिज भएको थियो । यो फिल्म ‘बुलन्दी’ मा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए ।

उनी पछिल्लो पटक फिल्म लाल सलाममा देखिएका थिए । तर, उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । लाल सलामलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ५३ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले