१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भन्छन्, – बैठकबाट भाग्न अध्यक्ष ओली पाउन्नन



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शिर्ष नेतृत्वबीच चरम अन्तसंघर्ष चर्किँदै जाँदा त्यसको प्रभाव पार्टीको तल्ला निकाय र जनवर्गीय संगठनमा स्पष्टसँग देखिन थालेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षधरले मदन भण्डारी फाउन्डेसनको नाममा पार्टी कमिटीलाई प्रभावित पार्नेगरी तल्लोतहसम्म संगठन विस्तार गर्न थालेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरहरु पनि तल्ला कमिटीसम्म पुग्न थालेका छन् ।

केही दिनअघि ओली पक्षधर विद्यार्थीहरुको भेला मदन भण्डारी कलेजमा भएको थियो । शुक्रबार प्रचण्ड–नेपाल पक्षधर विद्यार्थीहरुले काठमाडौंमा भेला आयोजना गरेका छन् ।

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहले भेला गरेका हुन् । विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्न पुगेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताइन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्न भन्न नपाउने शाक्यले जिकिर गरिन् । बैठकमा भाग नलिएर ओलीले आफ्नै प्रस्तावलाई अलपत्र पारेको उनले जिकिर गरिन् । उनले भनिन् ‘भोलिको सचिवालयको बैठक हुनै पर्छ । अस्ती अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिन, म बस्दिन, म छलफलमा भाग लिन्न भनेर भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि म मान्दिन भन्नुभयो । यो भन्न उहाँले पाउनुहुन्न । त्यसैले निकास बैठकबाटै हुनुपर्छ । दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन ।’

शाक्यले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नेले किन प्रतिउत्तर दिएको भन्दै प्रश्न समेत गरिन । उनले भनिन, ‘दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुप¥यो । प्रचण्डले पेश गरिसकेपछी जे जे त्यहाँ भित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन ।’

भेलालाई सम्बोधन गर्न पुगेकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि संचारकर्मीहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताइन । भुषालले भनिन्, ‘प्रधानमन्त्री आफैले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’

भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गरेका थिए

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ४३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष