१९ बैशाख २०८१, बुधबार | May 1, 2024

विपन्न परिवारको खरको छाना फेरिने



कञ्चनपुर । कञ्चनपुरका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छाना फेरिने भएको छ ।

शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् । शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छाना फेर्ने कार्य हुन लागेको छ ।

खरको छाना भएका घरमा जस्तापाता राख्नका लागि कार्यक्रम लागू गरिएको छ । कार्यक्रमअन्तर्गत एक घर बराबर रु ५० हजार बजेट खर्च गरिने बताइएको छ ।

‘घरको छाना राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन नसक्ने विपन्न परिवारको नगरपालिकाले विवरण तयार गरेपछि छाना फेर्ने काम शुरु गरिनेछ’, प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानीय तहलाई भनिसकेका छौँ, केही दिनभित्रै छाना फेर्ने काम हुन्छ ।’

उनका अनुसार कृष्णपुर नगरपालिकामा ३१३, वेदकोट नगरपालिकामा २७१ र शुक्लाफाँटा नगरपालिकामा २७७ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिनेछ ।

निर्वाचनका बेला निर्वाचन क्षेत्रमा रहेका आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने प्रतिबद्धता अनुसार घरको छाना फेर्ने काम हुन लागेको उनले बताए । रासस

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ४७ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा