१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिकैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १ बजेबाट सुरु भएको हो । दिउँसो १ बजेबाट सुरु गर्ने भनिए पनि अध्यक्ष ओली अनुपस्थित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बैठक सुरु भएको हो । बैठकमा ओली अनुपस्थित भएपनि उनी निकट स्थायी कमिटी सदस्यहरु भने सभागी भएका छन् ।

स्थायी कमिटी बैठक हुनेभएपछि बिहानैदेखि केन्द्रीय कार्यालय क्षेत्रको सुरक्षाअवस्था कडा बनाइएको थियो । यसअघि प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाउँदै धुम्बाराहीमा सचिवालय बैठक बस्न अस्वीकार गरेका थिए ।

ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने माग राख्दै स्थायी कमिटी बैठक बस्न नै अस्वीकार गर्दै आएका थिए । तर, शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा छलफलका लागि पठाउने निर्णय गरेको थियो । सचिवालय बैठकमा ओलीले स्थायी कमिटी बैठकलाई रत्यौलीको संज्ञा दिएका थिए ।

नेकपा स्थायी कमिटीमा ४५ जना सदस्यहरु रहेका छन् । यद्यपी, अग्नि सापकोटा सभामुखमा चयन भएपछि एक सदस्य खाली रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : ०७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष