२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२८ गते बस्नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित, केन्द्रीय कमिटी बैठक पुष ५ गते



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा भएको आइतबारको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको प्रस्ताव र पत्राचारहरु स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएको छ । सदस्यहरुले यसबारे अध्ययन गरेपछि २८ गते छलफल हुने गरी आजको बैठक स्थगित भएको हो ।

बैठकमा प्रचण्डको ‘आरोपपत्र’ पेश गरिएका कारण आफु अनुपस्थित भएको ओलीले जिकिर गर्दै स्थायी कमिटी सदस्यहरुलाई अर्को नयाँ पत्र पठाएका छन् ।

स्थायी कमिटी बैठक २८ गते बस्ने भएपछि केन्द्रीय कमिटी बैठक फेरि पनि सरेको छ । केन्द्रीय कमिटी बैठक पुष ५ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ०९ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने