१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सर्वदलीय बैठकमा विपक्षीदलको एकस्वर : सरकारको गलत कामले असन्तुष्टी बढ्यो



काठमाडौं । समसामायिक विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारप्रति तिब्र असन्तुष्टि जनाएका छन् ।

बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विपक्षीदलहरूले सरकारकै गलत कामका कारण जनतामा वितिष्णा देखिन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधिहरु सहभागी बैठकमा प्रमुख उनीहरूले सरकारले गलत कामको परिणान सडकमा पोखिन थालेको बताए ।

सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुको भनाई थियो।

काँग्रेस सभापति शेरबहादुर देउवा बैठक चलिरहेकै बेला आफु बोलेर बैठकबाट बाहिरिएका थिए । कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताए। ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भने, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’

बैठकमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले संविधान विरोधी गतिविधि विरुद्ध एक हुन आव्हान गरेका थिए । त्यस्तै, पछिल्लो समय हिंसात्मक गतिविधि बढेको भन्दै प्रधानमन्त्री ओलीले हिंसाविरुद्ध पनि एक हुन आव्हान गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ११ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म