५ बैशाख २०८३, शनिबार | April 18, 2026

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि



बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना पुगेका छन् ।

नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए ।

क्लबले एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए । चार हजार ३१० स्क्वायर फिटमा फैलिएको कभर्ड हलमा दुई कोर्ट निर्माण गरिएको छ ।

राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमशः प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भेट्रानतर्फ क्रमशः प्रथम रु। ३० हजार द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ४५ बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध