६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिनाउ मिसनको ५४ औ शाखा पाल्पाको प्रवासमा, सिटिजन बैंकसँग मर्ज हुँदै तिनाउ मिसन



बुटवल । बुटवलमा प्रधानकार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्नो ५४ औ शाखा पाल्पाको प्रवासमा बिस्तार गरेको छ । पाल्पाको प्रवासबाट सेवा प्रारम्भ गरेको बैंकको ५४ औ शाखाको बैंकका अध्यक्ष जिवन प्रसाद ओझाले उदघाटन गरेका छन् ।

पाल्पामा बिस्तार भएको शाखाले आधुनीक बैंकहरुले ग्राहकलाई दिने सम्पूर्ण सुबिधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए । शाखा शुभारम्भका अवसरमा बैंकले आफ्नो समाजिक दायीत्व अन्तर्गत स्थानीय ९१ वर्षीय जेष्ठ नागरिक मेदानी बल्लभलाई नगद सहित सम्मान गर्नुका साथै जेहेन्दार ६ जना बिद्यार्थीलाई नगल, स्टेसनरी सामाग्री सहित छात्रबृत्ती प्रदान गरिएको थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ओझाले बैंकको सेवालाई ग्रामीणस्तर सम्म पु¥याउने उद्देश्यले तिनाउ मिसन बैंकले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

तानसेन नगरपालिका ७ का वडा अध्यक्ष मुक्तिराम जीसीले नयाँ शाखाको सफलताको शुभकामना ब्यक्त गरे ।

१७ अर्व ३५ करोड निक्षप पुंजी भएको बेंकले १३ अर्व ४३ करोड कर्जा लगानी गरेको छ । बैंकले १५ वटा एटीएम सहित ५४ शाखाबाट ग्राहकहरुलाई सेवा दिंदै आएको छ । तिनाउ मिसन र सिटिजन बैंक ईण्टरनेशनल बैंकका बीच मर्जको प्रक्रिया समेत अगाडी बढेको जानकारी गराउंदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले मर्जको प्रक्रिया पुरा भएपछि बैंकले क वर्गको बैंकको सेवा प्रवाह गरिने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका