१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा कोरोना संक्रमणबाट एकजना सरकारी अधिकारी सहित २ जनको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत एकजना सरकारी अधिकारी सहित जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकजनाको भेरी अस्पताल नेपालगन्जमा र अर्काको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा शिक्षा शाखा अधिकृतका रुपमा कार्यरत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । नेपालगन्ज उपमहानगरपालिका-४ का ५० वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

२६ गते देखि भेरी अस्पताल नेपालगन्जमा भर्ना रहेका बिष्टको बिहान ३ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । कडा खाले कोभिडका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

त्यसैगरि, गत २७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका डोटी सिलगढी ५ का ४९ वर्षीय थप १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा शनिबार राती ७ः४५ बजे उनको मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका कोरोना संक्रमित मध्य मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने बाँके जिल्ला भित्रका ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : १० बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज