१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री ओली सर्वसत्तावादी हुन्, उनी विरुद्ध बोल्यो कि जेल जाने अवस्था छ : सभापति देउवा



हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार सर्वसत्तावादी भएको आरोप लगाएका छन् ।

काँग्रेसद्वारा आयोजित देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको आरोप लगाए ।

देउवाले आफुले विगतमा चुनावअघि आफुले बोलेको कुरा प्रमाणित हुँदै गएको बताए । कम्युनिष्टहरू जिते भने हाँस्न त के रून पनि पाइँदैन भनेको स्मरण गर्दै देउवालेभने ‘आज कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन ।’

सभापति देउवाले भने ‘कोही औषधि नपाएर रोए पनि ओलीको खिलाफमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ ।’ देउवाले ओली सरकारको पालामा भ्रष्टाचार र बलात्कारका घटना बढेको दाबी गरे । कोरोना जस्तो महामारीको अवस्थामा पनि भ्रष्टाचार गर्ने गरेको उनले बताए ।

देउवाले सरकारकै कारण राजावादीहरु ‘राजा आऊ देश बचाऊ’ भन्दै सडकमा नारावाजीमा उत्रिन पाएको जिकिर गरे । उनले आशंका गर्दै भने ‘कतै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेका त छैनन ? हैन भने कसरी आन्दोलन हुन सक्छ ?’

उता धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन्।

थापाले भने ‘भ्रष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’


प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ३७ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय