२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संवैधानिक परिषदको बैठक ११ बजे पछि स-यो, १० बजे मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’



काठमाडौं । ९ बजे बोलाईएको संवैधानिक परिषद बैठकलाई ११ बजे ढकेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए ।

बिहान ९ बजेका लागि संवैधानिक परिषद बैठक बोलाईएको भएपनि सो बैठक ११ बजेपछि सम्म सारिएको छ । परिषदको बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको ती मन्त्रीले बताए ।

बैठकको कार्यबिधि अनुसार एजेण्डा सहित बैठक बोलाउनु पर्नेमा बिना एजेण्डा बैठक डाकिएको थियो । बैठकको एजेण्डा तय गर्नकै लागि आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाईएको अनुमान गरिएको छ । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभा सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । संवैधानिक नियुक्तिबारे प्रम ओलीको सभापति देउवासँग छलफल भएपछि आजको बैठकमा देउवा सहभागी हुने बताईएको छ ।

पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । पार्टीको विवादकै कारण सभामुख सापकोटा आजको बैठकमा पनि अनुपस्थित भएमा बैठक प्रभावित हुने छ ।

पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुले बताउँदै आएपनि प्रधानमन्त्री ओलीले स्वतन्त्रपूर्वक सरकार चलाउन पाउनु पर्ने भन्दै त्यस्ता नियुक्ति गर्दै आएका छन् । सरकार सञ्चालनको नियमित प्रक्रियामा पार्टीको हस्तक्षप हुन नहुने ओली पक्षको धारणा रहँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : १९ बजे

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले