२० बैशाख २०८१, बिहिबार | May 2, 2024

स्थायी कमिटी बैठक अघि ओली-प्रचण्ड भेट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नु अघि पाटीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै भेटवार्ता भएको छ ।

नेकपाभित्र दुई अध्यक्षबीच गम्भीर अन्तरसंघर्षच चलिरहेको छ । स्थायी कमिटी बैठक बस्नु एक दिन अघि प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वसँग सामान्य परामर्श समेत नगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि विवादले आगोमा घ्यू थपेको छ ।

विवादकै बीच बस्न लागेको बैठक अघि दुई अध्यक्षबीच भेट भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटबारे जानकारी गराएका छन् । भेटवार्ता अघि प्रधानमन्त्री ओलीले मिलेर जाने प्रस्ताव सहित अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेको खुमलटार श्रोतले बताएको छ । खुमलटार श्रोतका अनुसार टेलिफोन वार्तामा सबै बिषयमा छलफल गर्न तयार रहेको भन्दै दुई अध्यक्ष मिलेर जान प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डले वार्ता गर्न आफु तयार रहेको भन्दै सबै बिषयमा स्थायी समिति बैठकमा छलफल गर्न उपयुक्त हुने जवाफ दिएको श्रोतले भन्यो । भेटवार्ता लगतै स्थायी कमिटी बैठक बस्नेछ ।

ओली इतर बहमुतमा रहेको असन्तुष्ट समुहले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई खारेजीको एजेण्डा बनाउने बताइसकेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल एवं झलनाथ खनाल लगायतका नेताहरुले पनि अध्यादेश बदनियतपूर्ण भएको भन्दै तत्काल फिर्ता लिन माग गरिसकेका छन् ।

गत मंसिर २१ गतेबाट सुरु भएको बैठक गत मंसिर २८ गते पार्टी केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाको मृत्युपछि शोक व्यक्त गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

नेकपाभित्र पछिल्लो केही महिनायता देखिएको विवादको निरुपण स्थायी कमिटी र पुष ५ गते बस्ने केन्द्रीय कमिटीबाट हुनुपर्ने माग धेरै नेताहरुको रहेको छ । यद्यपी, प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी निकट नेताहरुले भने शिर्ष नेतृत्वबीच सहमतिका आधारमा मात्रै हुनुपर्ने जिकिर गर्दैआएको छ ।

 

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : २३ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई